सोमबार, वैशाख ३१, २०८१

टी-ट्वान्टी क्रिकेटका नयाँ स्टार, अन्तर्राष्ट्रिय चर्चामा कुशल

नेपालखोज २०७८ वैशाख ७ गते २०:४९

काठमाडौं । नेपालका ओपनिङ ब्याटसम्यान कुशल भुर्तेलले इन्टरनेसनल क्रिकेटमा ठूलाे धमाका गर्दै नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनको यो सफलता अहिले अन्तर्राष्ट्रिय स्तरसम्मै पुगेको छ ।

अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु के भनिरहेका छन् भने- कुशल टी-ट्वान्टीकाे अन्तर्राष्ट्रिय इतिहासमै आफ्नो डेब्यु खेलकाे लगातार तीन खेलमा तीन अर्धशतक बनाउने पहिलाे खेलाडी हुन् । कुशलले आज (मंगलबार) नेदरल्याड्सविरुद्ध ४६ बलमा ८ चौका र १ छक्काकाे मद्दतले ६२ रन बनाएर नयाँ इतिहास रचेका हुन् । टी-ट्वान्टी क्रिकेट प्रारम्भ भएकाे १६ वर्ष बितिसकेकाे छ । यसबीच कुनै पनि ब्यासम्यानले आफ्नो डेब्यूको पहिलाे प्रत्येक तीन खेलमा लगातार ५० भन्दा बढी रन बनाउन सकेका छैनन् ।

आज नेदरल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्नुअघि भुर्तेलले मलेसियाविरुद्ध ४१ बलमा ६१ तथा नेदरल्यान्डविरुद्ध ४६ बलमा ६२ रन बनाएका थिए । भुर्तेलले यही त्रिदेशीय सिरिजबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । उनले यही सिरिजमा नेदरल्यान्डविरुद्धकाे पहिलाे खेलमा मैदानमा उत्रदै टी-ट्वान्टी क्रिकेटको यात्रा प्रारम्भ थिए ।

आज (मंगलबार) को अर्ध शतकका साथ भुर्तेल अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा नेपालका लागि सबैभन्दा बढी अर्धशतक बनाउने ब्याटसम्यानको दोस्रो स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा नेपालका लागि सर्वाधिक पाँचवटा अर्धशतक पारस खडकाले ठाेकेका छन् ।

प्रतिक्रिया