माओवादी केन्द्रको आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ला ?
नेपालखोज
२०७८ वैशाख ८ गते ८:३६

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको छ ।
मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।
नयाँ सरकार गठनका लागी कसरत गरिरहेको माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया