भारतको एक अस्पतालमा अक्सिजन नपाउँदा २२ जनाको मृत्यु
नेपालखोज
२०७८ वैशाख ८ गते १६:१५

भारत । भारतको महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाउँदा २२ बिरामीको ज्यान गएको छ । अक्सिजन चुहावट हुँदा यो घटना भएको बीबीसीले जनाएको छ ।
नासिक नगर निगम आयुक्तले २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् । उनका अनुसार अस्पतालमा एक सय ५० जना भर्ना भएका छन् र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।
अक्सिजन चुहावट हुँदा अस्पतालमा अक्सिजन आपूर्ति झण्डै आधा घण्टा रोकिएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार ट्याङकरको माध्यमबाट अक्सिजन भर्दै गर्दा यो घटना भएको हो ।
नासिक नगर निगमका आयुक्त कैलाश जाधवले भने, ‘प्राविधिक इन्जिनियरको मदतमा चुहावट बन्द गरिएको छ । तर अब अस्पतालमा मात्र २५ प्रतिशत अक्सिजन बचेको छ । हामी यो घटनाको जाँच गर्छौँ र दोषीमाथि कडा कारबाही गर्छौँ ।’
सम्बन्धित
प्रतिक्रिया