अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीन पढ्न जान बन्द
नेपालखोज
२०७८ वैशाख ९ गते ६:३५

काठमाडौं । कोरोना भाइरसको महामारी दोस्रो लहरमा झनै वढेपछि सरकारले अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीन पढ्न जाने विद्यार्थीलाई रोक लगाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न सरकारले बन्द गरेको जानकारी दिए ।
कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको मन्त्रालयद्धारा बुुधबार जारी सूचनामा उल्लेख छ । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया