आईपीएल क्रिकेट : कोलकत्तालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो चेन्नई
नेपालखोज
२०७८ वैशाख ९ गते ८:४७

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ सय २० रन बनाएको थियो । २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो ।
जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ४ खेलमा ६ अंक जोडेको छ । एक खेल कम खेलेको बैङ्लोरको पनि समान ६ अंक रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया