राप्रपाका तीन प्रभावशाली नेता एमालेमा प्रवेश

नेपालखोज २०७८ वैशाख ९ गते १०:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका तीन जना प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लामो समयदेखि राप्रपाको केन्द्रीय सदस्य रहेका रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता नवीन पौडेल बुधबार एमालेमा प्रवेश गरेका हुन् ।

तीनै जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी नेता एवं खानेपानी मन्त्री मणिचन्द्र थापालगायतले प्रधानमन्त्रीनिवास बालुवाटारमै पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया