कम्युनिस्ट पार्टी सिङ्गो राष्ट्रलाई समाजवादकाे लक्ष्यमा लामबद्ध गराउन सफल : प्रचण्ड

नेपालखोज २०७८ वैशाख ९ गते १२:४४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसङ्घर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसङ्गतिलाई सङ्घर्षको माध्यमबाट किनारा लगाउने गरेको उनले उल्लेख गरेका छन् ।

सन्देशमा उनले भनेका छन् ‘नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको छ ।’

प्रतिक्रिया