ओली-नेपाल भेट : माधवकाे प्रस्ताव- जेठ ३ अघिकै अवस्थामा फर्कौं
नेपालखोज
२०७८ वैशाख ९ गते १७:१५

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भटवार्ता सकिएको छ । प्रधानमन्त्री ओली र नेपालबीच मेरियट होटलमा दोस्रो दिन भेटवार्ता भएको हो । नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको छ । भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

फुटको संघारमा पुगेको एमालेको एकता जोगाउने विषयमा ओली र नेपालबीच वार्ता भइरहेको छ। आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओलीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनुपर्ने अडान दोहोर्याएको बुझिएको छ ।
सम्बन्धित

प्रतिक्रिया