ओली-नेपाल भेट हिजोको भन्दा सकारात्मक : दुगड
नेपालखोज
२०७८ वैशाख ९ गते १७:३८

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आजको वार्ता सकारात्मक भएको छ ।
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहाकार मोतीलाल दुगडले हिजोभन्दा आजको वार्ता सकारात्मक भएको सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
हिजो (बुधबार) ओलीसँगको भेटपछि नेता नेपालले वार्तामा ठोस् प्रगति नभएको भन्दै प्रतिक्रिया दिन मानेका थिएनन् । तर आजको ओली-नेपाल भेटपछि आर्थिक सल्लाहकार दुगडले अहिलेसम्म टुंगोमा पुगिनसकेकाले वातावरण नबिग्रियोस भनेर नै धेरै बोल्न नमिल्ने बताए ।
दुगडका अनुसार ओली-नेपाल वार्ता सकारात्मकतर्फ गइरहेको बताइन्छ । आजको वार्ता पनि नक्सालमा रहेको होटेल मेरियटमै भएको हो । दुई जनाबीच आज पनि करिब दुई घण्टा भेटवार्ता भएको हो । हिजो बेलुकी पनि ओली-नेपालको वार्ता झन्डै दुई घण्टा चलेको थियो ।
सम्बन्धित

प्रतिक्रिया