ओलीविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनाल- नेपाल समूहको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । अध्यक्ष ओलीविरुद्ध एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालसहितका ४ नेताले बिहिबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक भएको तथा हालै सोधिएको स्पष्टीकरण पनि पार्टी विधानविपरित भएको दावी गरिएको छ । आफू पक्षका २७ जना सांसदलाई राजनीतिक दलसम्बन्धी ऐन विपरीत अध्यक्ष ओलीले पदमुक्त गर्न खोजेको भन्दै नेपाल-खनाल समूह सर्वोच्च अदालत पुगेको हो ।
अध्यक्ष एवं संसदीय दलका नेता ओलीले नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने ? भनेर मंगलबार स्पष्टीकरण सोधेपछि नेपाल समूह ‘राजनीतिक दल सम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने आदेश माग सहित अदालत पुगेको हो । खनाल- नेपाल पक्षले दर्ता गरेको मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ ।

प्रतिक्रिया