म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना

नेपालखोज २०७८ वैशाख १० गते ७:११

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय स्थापना भएको छ । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको हो ।

समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको जानकारी दिए । ‘कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ’, उनले भने, दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर राख्न थालेका छौँ ।’

सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हात हतियार, भााडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राख्न थालिएको छ । पुराना पुस्तक र धातुका सिक्काहरु पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

सामग्रीहरुको सजावटको काम सकिएपछि सङ्ग्रहालय अवलोकनका लागि खुल्ला गराउने करबाकेली संरक्षण समितिले जनाएको छ ।

सङ्ग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रििव्धको प्रयोग गरेर दुई तले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मैलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण भएको हो । भवन निर्माणमा हालसम्म करिब ६८ लाख रुपैँया खर्च भएको समितिका सचिव रवि गर्बुजाले बताए ।

प्रतिक्रिया