धादिङको सिङ्लामा पर्यटन महोत्सव हुने
नेपालखोज
२०७८ वैशाख १० गते ९:०२

धादिङ । धार्मिक एवम प्राकृतिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएको धादिङको सिङ्लामा पर्यटन महोत्सव हुने भएको छ ।
स्वास्थ्य सुरक्षा सावधानीका साथ वैशाख ११ गतेबाट सिङ्ला पर्यटन महोत्सवको आयोजना गरिएको सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङका कोषाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक दिनेश तामाङले जानकारी दिए ।
महोत्सवले यस क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार भई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले बताएको छ ।
धादिङ, नुवाकोट र रसुवा जिल्लाको संगमस्थलमा पर्ने सिंङ्ला क्षेत्र समुद्री सतहबाट चार हजार २ सय मिटरको उचाइमा रहेको छ ।
प्राकृतिक दृष्यले भरिपूर्ण सिङ्ला पुग्नका लागि धादिङबेसीबाट रुविभ्यालीको बोराङ, आर्वाङ हुदै, नुवाकोटबाट भाल्चे हुंदै र रसुवाबाट गत्लाङको रुट प्रयोग गर्न सकिन्छ ।
सम्बन्धित

प्रतिक्रिया