ह्विप उल्लङ्घन गर्ने कर्णालीका चार सांसद एमालेबाट निष्कासित
नेपालखोज
२०७८ वैशाख १० गते १५:५४

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै निष्कासित गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्विप उल्लङ्घन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया