हुवावेले इभ्को तयारी पूरा !
अटो शंघाई २०२१ मा, हुवावेले आफ्नो अर्को पुस्ताको इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ जसमा फोर डी इमेजिङ रडार, एआर–एचयूडी र एमडीसी ८१० को हुवावे इनसाइड प्रोडक्ट लन्च फोकस्ड इनोभेसन फर इन्टेलिजेन्ट भेहिकलमा सुरुवात गरिएको थियो । यी उत्पादनहरू ओइएमएस लाई उन्नत इन्टेलिजेन्ट भेहिकलहरू निर्माण गर्न र चिनियाँ अटोमोटिभ उद्योगलाई टेक्नोलोजी अपग्रेड गर्न र नयाँ ऊर्जा र अटोनोमस ड्राइभिङको पायोनियर बन्न सहयोग को लागि डिजाइन गरिएको हो ।
हुवावेले इन्टेलिजेन्ट अटोमोटिभ कम्पोनेन्ट्सलाई यसको दीर्घकालीन रणनीतिक अवसरको रूपमा लिन्दछ । कम्पनीले यस क्षेत्रमा, विशेष गरी अटोनोमस ड्राइभिङ सफ्टवेयरको विकासमा उन्नत अटोनोमस ड्राइभिङ प्रणाली निर्माण गर्न, अझ बढी लगानीहरू गर्न जारी राख्नेछ ।
यस वर्ष हुवावेले इन्टेलिजेन्ट अटोमोटिभ कम्पोनेन्टको आर एण्ड डी मा ५,००० भन्दा बढी व्यक्तिकोे टिम बनाउने छ र यसमा १ बिलियन डलरको लगानी हुनेछ । युरोप, जापान र चीनमा रहेको आर एण्ड डी केन्द्रहरूको माध्यमबाट हाई–एन्डको प्रतिभालाई हुर्काएर, हुवावेको उद्देश्य इनोभेसनमा केन्द्रित भई यसको उत्पादन प्रतिस्पर्धालाई अझ सुदृढ पार्नु हो जसले गर्दा ग्राहकहरूलाई उत्तम उत्पादनहरू र अप्टिमल ड्राइभिङ प्रदान गर्नु हो ।
अक्टोबर २०२० मा हुवावेले एचआई ब्रान्डको सुरुवात गरेको थियो । डिजिटल कार सम्बन्धित नयाँ कम्पोनेन्ट प्रदायकको रूपमा हुवावेले ओइएमएस सँग इनोभेटिब “हुवावे इनसाइड“ पहल अन्तर्गत प्रिमियम इन्टेलिजेन्ट साधनहरू निर्माण गर्न नजिकबाट काम गरेको छ जसमा इन्टेलिजेन्ट गाडीका लागि एक नयाँ डिजिटल आर्किटेक्चर, पाँच इन्टेलिजेन्ट सोलुसन (इन्टेलिजेन्ट ड्राइभिंग, इन्टेलिजेन्ट ककपिट, एमपावर, इन्टेलिजेन्ट कनेक्टिभिटि र इन्टेलिजेन्ट भेहिकल क्लाउड) र ३० भन्दा बढी इन्टेलिजेन्ट कम्पोनेन्ट्स समावेश छ ।
हुवावे इनसाइड पहल”, अटोमेकर्सको सवारी साधन निर्माण गर्ने क्षमता संग हुवावेको प्राविधिक शक्ति एकीकृत गरेर हाई–एन्ड इन्टेलिजेन्ट सवारी साधन निर्माण गर्न डिजाइन गरीएको हो जसले अधिक रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ, हुवावेका इन्टेलिजेन्ट अटोमोटिभ सोलुसन युनिटका अध्यक्ष विलियम वाङले भन्नुभयो । इन्टेलिजेन्ट सवारी साधनको तीब्र रूपान्तरणको सामना गर्दै हुवावे इनोभेसन मार्फत अटोनोमस सवारी साधनहरूको भविष्य उज्वल पार्न प्रतिबद्ध छ ।
इन्टेलिजेन्ट ककपिटद्वारा अपग्रेड गरिएको ड्राइभिङ अनुभव
हुवावे इन्टेलिजेन्ट ककपिट सोलुसनले स्वयं–विकसित कम्प्युटिङ प्लेटफर्म र हर्मोनि(ओस (ककपिट) लाई अपनाउँछ जसमा एक विस्तृत एप्लिकसन, सफ्टवेयर र हार्डवेयर इकोसिस्टम पर्दछ जसले प्रयोगकर्ताहरूलाई ओएमएस, टियर –१ विक्रेताहरू, र एप्लिकसन साझेदारहरूको साथ खुला सहकार्यकोे माध्यमबाट चाहिएको सेवाहरू र कार्यहरू प्रदान गर्दछ । प्रयोगकर्ता अनुभवलाई निरन्तरता दिनको लागि हुवावेले इन्टेलिजेन्ट ककपिटका लागि अत्याधुनिक प्रविधिहरू विकास गरेको छ । उदाहरणका लागि किरीन हेड युनिट मोड्युल जसमा एक स्वतन्त्र न्यूरल प्रोसेसिंग यूनिट सुविधा रहेको छ, जसले जटिल उपकरण प्रशोधन गर्दछ; ककपिट भिजन स्मार्ट स्क्रिनले प्रयोगकर्ताहरूलाई सुखदायक ड्राइभिङ अनुभव प्रदान गर्र्दै रंग पुनःस्थापना र सहज टच सक्षम पार्दछ; एआर–एचयूडी अधिक कम्प्याक्ट छ, जुन ठूलो दृश्य र एचडी डिस्पले प्रदान गर्न सक्षम छ ।
अप्टिकल टेक्नोलोजी र यसको अग्रणी आधुनिक प्रविधिको क्षेत्रमा वषौंको अनुभवमा आधारित रहेर हुवावेले एक उच्च दक्षता भएको एआर–एचयूडी रोल आउट गरेको छ । १० एलएआर–एचयूडी ले एक साधारण विन्डशील्डलाई ७०–इन्च एचडी स्क्रिनमा रूपान्तरण गर्न सक्दछ र बुद्धिमानीका साथ प्रयोगकर्ताको आँखाका चाललाई ट्राक गरेर प्रक्षेपण क्षेत्र समायोजित गर्न सक्दछ । यसले १३ ड्ढ ह ५ड्ढ को भिउइङ एङ्गल प्रदर्शन गर्न सक्दछ जसले प्रयोगकर्ताहरूलाई विन्डशील्डमा विस्तृत जानकारी हेर्न दिन्छ । यसको शक्तिशाली दृश्य पहिचान र ब्क्ष् क्षमताहरूले एक इमर्सिभ दृश्य अनुभव र ड्राइभिङ सहायता प्रदान गर्दछ ।

हुवावे अक्टोपस, एक खुला अटोनोमस ड्राइभिङ प्लेटफर्म
हुवावे अक्टोपसले इन्टेलिजेन्ट ड्राइभिङको लागि डाटा–ड्रिभन, क्लोज–लूप प्लेटफर्म निर्माण गर्न विशाल डाटा, एचडी नक्शा र उन्नत एल्गोरिदम प्रयोग गर्दछ । यसको भेहिकल–क्लाउड सिनर्जी, उद्योग–अग्रणी एनोटेसन क्षमता, अपग्रेड गरिएको भर्चुअल सिमुलेसन र वान–स्टप सेक्यूर, क्लाउड सेवाहरूमा निर्भर गर्दै ओइएमएस लाई स्क्र्याच, कम विकास आवश्यकताहरू र विकासको दक्षता सुधार गर्न अटोनोमस ड्राइभिङ विकास क्षमताहरू निर्माण गर्न हुवावे अक्टोपसको डिजाइन गरिएको हो ।
क्लाउड अटोनोमस ड्राइभिङ विकास र यसको व्यावसायीकरण बीचको एक मात्र पुल हो । कभरेज, सुरक्षा र स्केलेबिलिटी मुद्दाहरू समाधान गर्न मद्दत गर्नको लागि सबै क्षेत्रहरूमा सवारी साधनहरू स्थानीय क्लाउडमा जडान हुनु पर्दछ जुन अटोनोमस ड्राइभिङ व्यावसायिकरणको साथ आउँदछ । क्लाउडमा डाटा सार्दै विकासकर्ताहरूले उपकरण कोठा विस्तारको बारेमा चिन्ता लिनु पर्दैन, डाटाको ठूलो मात्रा समायोजित गर्न, तिनीहरूलाई कोर एल्गोरिदम विकासमा बढी केन्द्रित गर्न अनुमति दिँदछ ।
एचडी नक्शा अटोनोमस ड्राइभिङको लागि पनि महत्वपूर्ण तत्व हो । यसको तयारीमा, हुवावेले आधिकारिक रूपमा आफ्नोे अन्तिम एचडी नक्शा क्लाउड सेवा क्षमता र रोडम्याप उद्घाटन बेला घोषणा गरिएको थियो । हाल, हुवावेले इलेक्ट्रोनिक नेभिगेसन नक्शा उत्पादन गर्न ग्रेड–ए सर्वेक्षण र म्यापिङ योग्यता प्राप्त गरेको छ र विस्तृत एचडी नक्शा डाटा संग्रह र म्यापिङ क्षमताहरू विकास गरेको छ ।

प्रतिक्रिया