देउवाद्वारा दोलखाका पूर्वसभापति न्यौपानेको निधनप्रति दुःख व्यक्त

नेपालखोज २०७८ वैशाख १० गते १७:४१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवम् महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

न्यौपानेको तामाकोशी गाउँपालिका–३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर बिहीबार निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले दुःखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ । न्यौपानेका श्रीमती, दुई छोरा र पाँच छोरी छन् ।

प्रतिक्रिया