प्रधानमन्त्री ओलीले आज धरहरा उद्घाटन गर्ने, अवलोकन गर्न नपाइने
नेपालखोज
२०७८ वैशाख ११ गते ७:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) धरहरा उदघाटन गर्दै छन् ।
कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
धरहरा उदघाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
२०७२ को भूकम्पले भत्किएको धरहरा पूर्णरुपमा तयार भइसकेको छैन ।
सम्बन्धित

प्रतिक्रिया