जनमोर्चाले फिर्ता लियो गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
नेपालखोज
२०७८ वैशाख ११ गते ९:४४

गण्डकी । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । केन्द्रमा केपी ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी प्रकारका कदमहरु चाल्दै आएको आरोप पनि जनमोर्चाले लगाएको छ ।
यसप्रकारको स्थितिमा प्रतिगमनको खतरा गम्भीर बनेको भन्दै जनमोर्चाले ओलीका पक्षधर र उनकै बाटो अनुशरण गर्ने कार्य र पद्धतिका विरुद्ध आफूहरु खडा भएको बताएको छ ।
सम्बन्धित

प्रतिक्रिया