उपत्यकामा एक महिना लकडाउन गर्न सिफारिस
नेपालखोज
२०७८ वैशाख ११ गते १३:४५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एक महिना लकडाउन गर्न सिफारिस गरेको छ ।
कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै मन्त्रालयले यस्ताे सिफारिस गरेकाे हाे । मन्त्रालयले तत्काल लकडाउन नगरे स्थिति अझ विग्रन सक्ने पनि बताएकाे छ ।
नेपालकाे वर्तमान स्वास्थ्य प्रणालीले काेराेना नियन्त्रण थेग्न नसक्ने भन्दै मन्त्रालयले तत्काललै कम्तिमा ४ साता लकडाउन गर्न सुझाब दिएको छ ।
स्वास्थ्य मन्त्रालयको यस सिफारिसका सम्बन्ध निर्णय लिन आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराउँदै छन् ।
प्रधानमन्त्रीसँगको छलफलपछि मात्र सरकारले लकडाउनका सम्वन्धमा निर्णय गर्ने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया