शिक्षासेवी लक्ष्मण राजवंशीकाे निधन

नेपालखोज २०७८ वैशाख ११ गते १६:३५

काठमाडाैं । सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीकाे आज बिहान निधन भएकाे छ ।

उनी देशकाे शैक्षिक सुधारकका रुपमा परिचित थिए ।

उनले देशका विभिन्न स्थानमा शैक्षिक संस्था खाेल्न ठूलाे याेगदान गरेका थिए ।

उनकाे निधनले नेपालकाे शिक्षा क्षेत्रमा ठूलाे क्षति पुगेकाे छ ।

उनका विद्यार्थी तथा शुभचिन्तकहरुले उनलाई सामाजिक सञ्जालबाट समवेदना दिइरहेका छन् ।

उनी राजनीतिमा पनि सक्रिय रहेका थिए ।

नेपाः राष्ट्रिय पार्टीले आफ्नो दलको तर्फबाट उनलाई समानुपातिक सांसदकाे रुपमा संविधानसभामा पनि पठाएकाे थियाे ।

प्रतिक्रिया