त्रिदेशीय क्रिकेट प्रतियाेगिताकाे उपाधि नेपालको पोल्टामा

नेपालखोज २०७८ वैशाख ११ गते १६:५०

काठमाडाैं । नेपालले त्रिदेशीय क्रिकेट प्रतियाेगिताकाे उपाधि चुमेकाे छ ।

नेपालले कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले पराजित गरेकाे हाे ।

युवा खेलाडीहरू कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतमा नेपालले तीन विकेट गुमाएर २३८ रन बनाई नेदरल्यान्डसलाई जितकाे चुनाैती दिएकाे थियो।

प्रतियोगिताको लीगका दुई खेलमध्ये एउटामा नेपाललाई हराएको नेदरल्यान्ड्स १७.२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रनमा समेटिन पुग्याे ।

कुशल भुर्तेलले ५३ बलमा ७७ रन बनाए ।

उनले आठ चौका र तीन छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया