शनिबार, वैशाख १३, २०८२

थप २ हजार ६१९ जनामा काेराेना संक्रमण पुष्टि

नेपालखोज २०७८ वैशाख ११ गते १७:३६

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ हजार ६१९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले  जनाएकाे छ।  ८ हजार ६६८ को पीसीआर परीक्षण गर्दा याे संख्यामा संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ। यससँगै देशभर कोरोना  संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ।  

प्रतिक्रिया