आइतबार, वैशाख १६, २०८१

आईपीएलमा राजस्थानले कोलकातालाई हरायो

नेपालखोज २०७८ वैशाख १२ गते ७:४४

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो ।

जारी सिजनमा राजस्थानको पाँच म्याचमा यो दोस्रो जित हो । यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो । यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।

प्रतिक्रिया