बिहीबार, असोज २४, २०८१

भिन्नभिन्न विधिका कारण कोभिडजन्य मृत्युको सङ्ख्या अस्पष्ट

नेपालखोज २०७९ पुष १५ गते १५:१९

काठमाडौं । कोभिड-१९ को पहिलो संक्रमित बिरामी फेला परेको तीन वर्षपछि पनि विश्वव्यापी रुपमा मृत्यु हुनेको वास्तविक सङ्ख्या मापन गर्न कठिन छ । यद्यपि, विज्ञहरू आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरै मृत्यु भएको कुरामा सहमत छन् ।

आधिकारिक र वास्तविक आँकडाबीचको भिन्नता अर्को वर्ष अझ फरक हुन सक्छ । नमूना प्रक्षेपणले शून्य-कोभिडपछिको चीनमा १० लाखभन्दा बढीको मृत्युको भविष्यवाणी गरेको छ । चीनले हालै यसले मृत्युको गणना गर्ने प्रक्रियालाई अझ सङ्कुचित गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक यो भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यद्यपि, देशहरूले कोभिडबाट हुने मृत्युलाई फरक–फरक तरिकाले गणना गर्छन् र महामारीको दौडान विधिहरू परिवर्तन भएका छन् । ‘युनिभर्सिटी अफ जेनेभा’को ‘इन्स्टिच्युट अफ ग्लोबल हेल्थ’का निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण मृत्यु भएको पुष्टि गर्नु निकै कठिन अभ्यास हुन सक्ने बताए ।

फ्लाहाल्टले एएफपीसँग भने, ‘विकसित देशको अस्पतालमा पहिले नै कोभिडको निदान भइसकेको बिरामीको मृत्यु सरल हुन सक्छ तर अक्सर यस्तो हुँदैन र डाक्टरहरूलाई उनीहरुलाई मार्गदर्शन गर्न ‘सामान्यतया धेरै जानकारी हुँदैन’।’

यसको सट्टा अनुसन्धानकर्ताहरूले सन् २०२० यता सबै कारणले मृत्यु हुनेको कूल सङ्ख्यालाई महामारी नभएको भए के अपेक्षा गरिएको थियो भन्ने कुरासँग तुलना गर्न खोजेका छन् ।

यी आँकडाको प्रयोग गर्दै डब्लुएचओका अनुसन्धाताहरूले यसै महिनाको सुरुमा नेचर जर्नलमा सन् २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजार बढी मानिसको मृत्यु भएको उल्लेख गरेका थिए । यो दुई वर्षको अवधिमा आधिकारिक रूपमा ५४ लाख कोभिडका कारण मृत्यु भएके भन्दा करिब तीन गुणा बढी हो ।

अमेरिकास्थित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले गत मार्चमा गरेको अनुसन्धानमा यो सङ्ख्या एक करोड ८२ लाखभन्दा बढी भएको अनुमान गरिएको थियो । तर फ्लाहाल्टले भने, ‘आँकडाहरू पनि सम्भवतः अझै पनि कम आँक्न सकिन्छ ।’

यो वर्ष मृत्यु हुनेको सङ्ख्या बिस्तारै बढेको छ । ‘द इकोनोमिस्ट’को नियमित अद्यावधिक तथ्याङ्कअनुसार महामारी सुरु भएयता दुई करोड १० लाख बढी मानिसको मृत्यु भएको छ, जुन आधिकारिक सङ्ख्याभन्दा ३।१ गुणाले बढी हो ।

–तथ्याङ्कको कमी

डब्लुएचओको तथ्याङ्कअनुसार सन् २०२०–२०२१ मा भारतमा कोभिडका कारण सबैभन्दा बढी ४७ लाख ४० हजार मानिसको मृत्यु भएको छ । रुसमा १० लाखभन्दा केही बढीका साथ दोस्रो स्थानमा रह्यो । यद्यपि मृत्युको अनुमानित सङ्ख्या र वास्तविक सङ्ख्याबीचको सबैभन्दा ठूलो असमानता दक्षिण अमेरिकामा थियो ।

उदाहरणका लागि, पेरुमा सन् २०२०-२०२१ मा सामान्य समयमा भन्दा दुई गुणा बढी मानिसको मृत्यु भएको थियो ।

तर अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ इन्सब्रुकका हान्नो उल्मरले भने, ‘पेरुमा महामारीका वर्षहरुमा डेङ्गु ज्वरोको प्रकोप पनि तीव्र थियो, जसले कोभिडसँग नजोडिकन अतिरिक्त मृत्युको सङ्ख्या बढाउन सक्थ्यो ।’ अर्को समस्या धेरै राष्ट्रहरूसँग पहिलो चरणमा भएका कोभिड सङ्क्रमणजन्य मृत्युबारे थोरै वा कुनै तथ्याङ्क नै छैन ।

डब्ल्यूएचओका अनुसन्धाताले यसै महिना सार्वजनिक रिपोर्टमा उल्लेख गरेअनुसार, ‘विश्वका लगभग आधा देशहरूमा उपलब्ध तथ्याङ्कको प्रयोग गरेर अत्यधिक मृत्युदर पत्ता लगाउन सम्भव छैन र यसका लागि हामीले तथ्याङ्कीय विधिहरूमा भर पर्नुपर्छ ।’

अफ्रिकामा ४७ मध्ये छ देशमा मात्र मृत्युको मासिक तथ्याङ्क उपलब्ध थियो ।

– चीनमा १० लाख को मृत्यु

सन् २०२३ लाई लक्षित गर्दै शून्य–कोभिडका उपायहरू हटाएर नयाँ मृत्युको सम्भावित स्रोत नदेखिने सम्भावनाका रूपमा चीन देखापरेको छ ।

महामारीको सुरुवातमा कडा उपायहरूको पहिलो सहजताको साथ, चीनको १.४ अर्ब जनसङ्ख्यामध्ये विशेष गरी जोखिममा रहेका वृद्धहरू र अन्य केहीमा पहिलेको कोभिड संक्रमणबाट प्रतिरक्षा छ, र खोप दर पछाडि परेको छ ।

आईएचएमईको नमूनाले अप्रिल १ सम्ममा चीनमा तीन लाखभन्दा बढी र सन् २०२३ मा १० लाखभन्दा बढीको मृत्यु हुने अनुमान गरेको छ ।

गत हप्ता चीनले कोभिड-१९ का कारण हुने मृत्युलाई पुनः वर्गीकृत गरेको थियो । यो अब श्वासप्रश्वाससम्बन्धी समस्याबाट सीधै आएको खण्डमा मात्र गणना हुनेछ । विश्लेषकहरूले आधिकारिक रूपमा मान्यता प्राप्त मृत्युको सङ्ख्या नाटकीय रूपमा बढाउने बताएका छन् ।

हालैका हप्ताहरूमा चीनका अस्पतालहरू सङ्क्रमणको विस्फोटबाट खचाखच भरिएका छन् तर रोग नियन्त्रणसम्बन्धी राष्ट्रिय निकायले बिहीबार एक जना मात्र नयाँ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

आईएचएमईका हेल्थ मेट्रिक्स साइन्सका प्राध्यापक अली मोकदादले एएफपीसँग भने, ‘सही तथ्याङ्कले मात्र भाइरसबाट जोगिन मद्दत गर्न सक्छ ।’

प्रतिक्रिया