६ वर्षपछि भूकम्पको सम्झना (फोटो फिचर)
नेपालखोज
२०७८ वैशाख १२ गते ८:३५
काठमाडौं । गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको आज ६ बर्ष पुरा भएको छ ।
वि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।
गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।
यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।
हेर्नुहोस् भूकम्पले तहसनहस पारेका केहि तस्बिरहरु










सम्बन्धित

प्रतिक्रिया