कांग्रेस केन्द्रीय सदस्य राईलाई पत्नीशोक
नेपालखोज
२०७८ वैशाख १२ गते ९:५१

झापा । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नीशोक परेको छ । पाँचथर रविमा जन्म भई हाल झापाको कमलगाउँँपालिका–५ मङ्गलबारे बजारमा बसोबास गरेका उनकी ७२ वर्षीया श्रीमती इन्द्रकुमारी राईको निधन भएको हो ।
श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएकी उनको आज बिहान १.३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
झापाको कमल–५ सावित्राचोक उत्तर जङ्गलमा अन्येष्टि गरिने जनाइएको छ । उनका एक छोरा र एक छोरी छन् ।
सम्बन्धित

प्रतिक्रिया