आइतबार, वैशाख १६, २०८१

चेल्सीकाे महत्वपूर्ण जित

नेपालखोज २०७८ वैशाख १२ गते १०:५१

एजेन्सी । जर्मन फरवार्ड टिमो वार्नरको गोलमा चेल्सीले जित निकालेको छ । बेन चिवेलको पासमा वार्नरले ४३ औं गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका हुन् । फेब्रुअरी १५ पछि वार्नरले लिगमा पहिलो गोल गरेका हुन् । दोस्रो हाफको १० औं मिनेटमा वार्नरले गोलको अर्को मौका पाएका थिए । तर सफल हुन सकेनन् । उनको प्रहार पोष्ट नजिकबाट बाहिरएको थियो ।

वेस्ट ह्यामले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । फाबियान बालबुनाले ८१ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए । लिगको शीर्ष चारमा पर्ने दौडलाई चेल्सीले थप बलियो बनाएको छ । चेल्सी तेस्रो स्थानको लेस्टर सिटीको भन्दा १ अंक कम छ । लेस्टरको ५९ र चौथो स्थानको चेल्सीको ५८ अंक छ । पाँचौंमा रहेको वेस्ट ह्यामको ५५ अंक छ ।

इन्जुरी समयमा जोय विलोकले गोल गरेपछि प्रिमियर लिगको साविक विजेता लिभरपुल १–१ बराबरीमा रोकिएको हो । जसले टोलीको अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई धक्का लागेको छ । बराबरीपछि लिभरपुल ५४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

मोहम्मद सालहको गोलमा तेस्रो मिनेटमै अग्रता लिएको लिभरपुलले अन्त्यमा त्यो अग्रतालाई जोगाउन सकेन । अर्को खेलको ७६ औं मिनेटमा ब्रेन्ड लेनाको आत्मघाती गोलमा आर्सनल एभर्टनसँग स्तब्ध भएको थियो । एभर्टन ५२ अकका साथ आठौं र ४६ अंक जोडेको आर्सनल नवौं स्थानमा छ ।

प्रतिक्रिया