शनिबार, वैशाख १३, २०८२

काेराेनाबाट भारतमा एकै दिन करिब २८ सय जनाको ज्यान गयाे

नेपालखोज २०७८ वैशाख १२ गते ११:०३


काठमाडौं । भारतमा कोभिड–१९ बाट २७ सय ६७ जनाको ज्यान गएको छ । कोरोना भाइरसका संक्रमितको संख्या थपिने क्रम राेकिएकाे छैन । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ भारतीयको ज्यान गइसकेको छ।

कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण भएको थियो भने २६ सय २४ जनाको ज्यान गएको थियो ।

भारतमा हाल संक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजार भन्दा धेरै छ ।

अहिलेसम्म १४ करोड ९ लाख १६ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको कम्तीमा एक जोड खोप लगाएका छन् ।

प्रतिक्रिया