शुक्रबार, चैत १६, २०८०

ध्यान गर्न कठिन मान्नेहरुका लागि यस्ता छन् सजिलो तरिका

नेपालखोज २०७६ असोज ९ गते १७:१६

काठमाडौँ । अक्सर मानिसहरु तनाव मुक्त हुन सक्दैनन् । दैनिक जिवनमा आईपर्ने विभिन्न समस्याले मानिसहरु शारिरीक र मानसिक दुवै रुपमा स्वस्थ हुन सकिरहेका हुदैनन् ।

त्यसैले पनि समस्याका विच तनाव नियन्त्रण तथा व्यवस्थापन कसरी गर्ने भनेर सोच्ने गर्छन् । धेरैलाई थाहा नहुन सक्छ तर विभिन्न अध्ययनहरुले देखाए अनुसार तनाव कम गर्दै स्वस्थ जिवन जिउने एउटा महत्वपुर्ण र सुरक्षित बाटो भनेको ध्यान वा साधना गर्नु हो ।

सामान्य रूपमा बुझ्दो ध्यान स्वयंतिर फर्कने क्रिया हो । जसमा एकाग्रताको प्रयोग हुँदैन । होसमा बसेर साक्षीभावमा बस्ने क्रिया नै ध्यान हो ।

यसरी गर्नुहोस् ध्यान

१. सूक्ष्म व्यायाम
ध्यान सुरु गर्नुअघि हल्का सूक्ष्म व्यायाम गर्नु राम्रो हुन्छ । यसले रक्तसञ्चार अत्यन्त राम्रो हुनुका साथै शरीरको लचकता बढाउँछ जसले लामो समयसम्म ध्यान बस्न सहज बनाउँछ ।

२. सुविधाजनक समय छनोट
ध्यान सकेसम्म विश्रामको समयमा गर्नु राम्रो हुन्छ । हतास, तनाव, थकानको अवस्थामा ध्यान नगर्दा उचित हुन्छ । विशेष गरी ध्यानको लागी बिहान ४ देखि ६ बजेको समयलाई उत्तम मानिन्छ । तर, यही समय अनुकूल नभएमा कुनै पनि फुर्सदको समयमा ध्यान गर्न सकिन्छ ।

३. शान्त स्थानमा बस्ने
ध्यानको सुरुवातमा शान्त स्थानको छनोट गर्नु राम्रो हुन्छ ।

४. आरामसँग बस्ने
ध्यानमा सबैभन्दा महत्वपूर्ण मेरुदण्ड सीधा पारेर आरामसँग बस्नुपर्छ । सामान्यतया पलेँटी मारेर सुखासनमा बस्न सकिन्छ । कसैकसैलाई लामो समय पलेँटी कसेर बस्दा झमझम हुने, ढाड, घुँडा दुख्ने समस्या हुन सक्छ । यस्तो भएमा कुर्सीमा आरामले बस्न सकिन्छ । हातलाई कुनै पनि मुद्रा जस्तै ज्ञान मुद्रा, ध्यान मुद्रामा राख्न सकिन्छ । दुवै हातलाई एक–अर्कामा क्रस गरेर पनि राख्न सकिन्छ ।

५. प्राणायामको अभ्यास गर्ने
ध्यानको आसनमा बसेपछि लामो एवं गहिरो श्वास लिने र छाड्ने गर्नुपर्छ । जसलाई भस्त्रिका भनिन्छ । यसका साथै समय छ भने कपालभाती, अनुलोमविलोलम, भ्रामरी प्राणायाम पनि गर्न सकिन्छ । प्राणायामले मस्तिष्कदेखि शरीरभरि अक्सिजनको सञ्चार गरेर लामो समय ध्यानमा बस्न सहयोग गर्छ । जसले गर्दा ध्यानमा बस्दा छटपटी कम हुन्छ ।

६. पेट हल्का अवस्था
ध्यान गर्दा मानिसहरू निदाउने सम्भावना अधिक हुन्छ । त्यसैले खाना खानेबित्तिकै वा पूरा खाली पेटमा ध्यान नगर्नु राम्रो हुन्छ । पेट हल्का भएको अवस्थामा कुनै पनि वेला ध्यानमा बस्न सकिन्छ । ठिक्क भरिएको पेटमा ध्यान गर्दा शरीरका लागि उत्तम मानिन्छ ।

७. मुहारमा मुस्कान
मानिस ध्यानलाई गम्भीर ठानेर ध्यानको अभ्यास गर्ने गर्छन् । यसले ध्यानलाई बाधा र्पुयाउँछ । ध्यानलाई एउटा सामान्य खेलझैँ मानेर मुस्कुराएर गर्नुपर्छ । यसले मानिसलाई विश्राम अवस्थामा सहजै र्पुयाउँछ ।

८. ध्यानको अभ्यास
यतीसबै गरेपछी शान्तसँग बस्नुपर्छ । धेरै विचार चलिरहेको छ भने नाकको टुप्पोमा श्वास गइरहेको र श्वास आइरहेको हेर्ने गर्नुपर्छ । यसले मनमा चलिरहेको विचारलाई कम गरेर वर्तमानमा आउन मद्दत गर्छ ।

कुनै कुराको विश्लेषण गर्नु हुँदैन ।   मनको विचार, बाहिर आइरहेको आवाजलाई पूर्ण रूपमा स्विकारेर अघि बढ्नुपर्छ । कुनै कुराको विश्लेषण भने गर्नु हुँदैन । नियमित अभ्यासपछि बिस्तारै विचार कम हुँदै  जान्छ । यसका लागि राम्रो ध्यान प्रशिक्षकसँग प्रशिक्षण लिनु राम्रो हुन्छ ।

ध्यानको सिद्धिएपछि एकैचोटि आँखा खोल्नु हुँदैन । पहिला मनमनै आँखा खोल्दै छु भन्ने भाव केही समय दोर्होयाएपछि करिब तीनचोटि लामो गहिरो श्वास लिने र छाड्ने गरेर बिस्तारै आँखा खोल्नुपर्छ ।

जब हामी ध्यानको गहिराइमा पुग्छौँ, त्यति वेला हामी अर्कै समयमा हुन्छौँ । आँखा खोलेपछि अर्कै समयमा हुन्छौँ । त्यसैले हतासमा आँखा खोल्नु हुँदैन ।

प्रतिक्रिया