माधव नेपाललगायत नेतालाई कारबाहीविरुद्ध रिटकाे सुनुवाई हुँदै

नेपालखोज २०७८ वैशाख १२ गते ११:५६

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पार्टीबाट निष्काशित गरी गर्न खाेजेकेाकाे कारबाहीविरुद्ध दिइएकाे रिटमा सर्वाेच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

कारबाहीकाे आशयले स्पष्टीकरण मागेकाे भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिट दायर भएकाे थियाे । साे मुद्दामाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुन लागेकाे हाे ।

निवेदनमा आफूहरुमाथि गर्न लागिएको निष्काशनको कारबाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गर्न माग गरिएको थियाे ।

एमाले नेताहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्तरुपमा रिट दायर भएकाे थियाे । रिटकाे सुनुवाई न्याधिश प्रकाश ढुंगानाको इजलासमा हुने छ ।

प्रतिक्रिया