कोरोनाविरुद्ध खट्न कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

नेपालखोज २०७८ वैशाख १२ गते १३:२६

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले सीसीएमसीको बैठकले गरेको सिफारिसलगाएतका विषयमा जानकारी गराएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसबाहेक पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई कारबाही गर्ने विषयसमेत बैठकमा सामान्य छलफल भएको ज्ञवालीले बताए ।

उनले स्पष्टीकरण सोधिएका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटिलाई दिइएको अवस्थामा कर्णाली प्रदेशमा जस्तै अन्य स्थानमासमेत फ्लोर क्रस हुन सक्ने विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया