कोरोना अनियन्त्रित र विकराल अवस्थामा, प्रम शिलान्यासमा व्यस्त : थापा

नेपालखोज २०७८ वैशाख १२ गते १३:५७

काठमाडौं । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यासलाई थाती राखी काेराेना नियन्त्रणमा ध्यान दिन सुझव दिएका छन् ।

उनले आज एक ट्वीट गर्दै यस्ताे सुझाव दिएका हुन् । उनले पार्टी विवादलाई पनि थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाव दिएका हुन् ।

उनले जनताले प्रमसँग भराेसा खाेजिरहेकाे पनि उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,

‘केही समय उदघाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रमलाई आग्रह गर्दछु । कोरोना अनियन्त्रित र विकराल बन्दैछ । यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन् । दु:खको बेला जनता भरोसा खोजिरहेछन् ।’

हेराैं उनकाे ट्वीट

प्रतिक्रिया