ओलीलाई ठाकुरले सघाउने, कांग्रेस-माओवादी अविश्वास प्रस्तावकाे तयारीमा

काठमाडाैं । जसपा अध्यक्ष महन्थ ठाकुर र उनीनिकट सांसदहरुले ओली सरकारलाई समर्थन गर्ने तयारी गरेकाे छ । उता प्रतिपक्षी दल कांग्रेसले भने सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाे छ । कांग्रेसकाे याे निर्णयपछि जनता समाजवादी पार्टीको महन्थ पक्षले सरकारमा जाने र ओलीलाई सघाउने निर्णय गरेकाे हाे । प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । ।
यसका लागि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आजै बोलाइएको छ । बैठकले उपनिर्वाचनसँगै देशको सत्ता समीकरणबारे पनि छलफल गर्ने बताइएकाे छ । ओली सरकारले मधेस आन्दोलनमा उठाउँदै आएको माग पूरा गर्ने प्रक्रियामा गइसकेको बताएपछि जसपाभित्र पूर्व राजपाले सरकारलाई सहयोग तयारी गरेको हो । स्रोतका अनुसार ओली सरकारलाई सहयोग गर्न महन्थ ठाकुरले २२ सांसदलाई मनाइसकेका छन्।

प्रतिक्रिया