आइतबार, वैशाख १६, २०८१

एफसीलाई विराटनगर सिटीले हरायाे

नेपालखोज २०७८ वैशाख १२ गते १७:४०

काठमाण्डाै । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । दशरथ रङ्गशालामा आज भएकाे पहिलो खेलमा विराटनगरले धनगढीलाई तीन–शून्यले हराउँदै विजयी सुरुवात गरेको हाे ।

विराटनगरका विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक/एक गोल गरे । विराटनगरले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो । धनगढीलाई हराउँदै विराटनगरले तीन अङ्क जोडेको छ ।

प्रतिक्रिया