पछिल्लो तीन दिनको मौशम यस्तो हुनेछ

नेपालखोज २०७८ वैशाख १३ गते ८:१०

काठमाडौं । पछिल्लो केहि समययता देशमा स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

भोली (मंगलबार) देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

त्यसैगरी पर्सी (बुधबार) प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया