कोरोनाबाट वडाध्यक्षकी श्रीमतीको मृत्यु

नेपालखोज २०७८ वैशाख १३ गते ८:२५

दाङ । जिल्लाको बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीकी श्रीमतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार नै कोरोना पुष्टि भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

वडाध्यक्ष ओलीकी श्रीमती युवा ओलीको आइतबार अपराह्न निधन भएको हो ।

प्रतिक्रिया