कांग्रेस बैठक बुधबार सारियो, केन्द्रीय सदस्यको कोरोना परीक्षण आज
नेपालखोज
२०७८ वैशाख १३ गते ९:४३

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज बस्ने भनिएको बैठक वैशाख १५ गते (बुधबार)सम्म सारेको हो ।
सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय भएको कांग्रेस उपसभापति बिमलेन्द्र नीधिले जानकारी दिए ।
आज केन्द्रीय सदस्यहरुको कोरोनाको पीसीआर परीक्षण गरिँदैछ ।
सम्बन्धित

प्रतिक्रिया