उपत्यकामा पूर्ण लकडाउन नहुने !
नेपालखोज
२०७८ वैशाख १३ गते १३:३१

काठमाडौं । काठमाडौं उपत्यकामा पूर्ण रुपमा लकडाउन नहुने भएको छ । यसका लागि कुन–कुन क्षेत्र खुकुलो गर्ने भन्ने विषयमा काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ ।
बैठकमा काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल चलिरहेकाे छ । जारी बैठकले यससम्बन्धी निर्णय गर्नेछ ।
कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा निषेधाज्ञा जारी गर्ने तयारी भएको हो जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया