राष्ट्रियसभाका पूर्वसदस्य विदुर पौडेललाई मष्तिष्काघात

नेपालखोज २०७८ वैशाख १३ गते १४:४६

काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.विदुर पौडेललाई मष्तिष्काघात भएकाे छ । मष्तिष्काघात भएपछि पाैडेललाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

उनी अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्षसमेत रहेका थिए ।

पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएका छन् ।

पक्षाघातसमेत भई उनको शरीरको देब्रे भागसमेत नचलेको बताइएकाे छ ।

सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयकाे, वाल्मीकि विद्यापीठमा प्राध्यापनसमेत गरेका थिए ।

उनी कांग्रेसमा वीपी काेइरालाकाे पदचाप पछ्याउने थाेरै नेताहरुमध्ये एक हुन् ।

प्रतिक्रिया