‘केपी ओलीकाे गुट कानुनभन्दा माथि हो ?’
नेपालखोज
२०७८ वैशाख १३ गते १५:१५

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कोभिड १९ संक्रमणमा सरकारका प्रमुख ओलीले नै लापरबाही गरेको आरोप लगाएका छन् ।
उनले जनताका लागि नियम बनाउने र निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक,समारोह नगर्न भन्ने तर आफैं नियम ताेड्दै हिँड्ने भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा एक ट्वीट गर्दै रावलले प्रश्न गरेका छन् प्रम ओली र उनका निकटस्थहरू भेला, बैठक,समारोह गरिरहने, यो के हो ? उनले थपेका छन् प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ?
उनले अझै थपेका छन् कि उनको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने हो ? कतै गोप्य अध्यादेश जारी भइसक्यो र ? उनले थप प्रश्न गरेका छन् कानूनका सामु सबै बराबर होइन र ?

सम्बन्धित

प्रतिक्रिया