उच्च गिरावटसँगै नेप्से राताम्मे, ६ अर्ब ५९ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च गिरावटलले साताको दोस्रो कारोवार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ७५ अंकले घटेको नेप्से आज पनि ६५ दसमलव ५८ अंकले घटेर २५ सय छ दसमलव ६१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव २५ अंकले घटेर चार सय ५२ दसमलव ७९ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय २४० वटा कम्पनीहरुको ८६ हजार ९२ पटकको कारोवारमा एक करोड २९ लाख ११ हजार सात सय २१ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब ५९ करोड नौ लाख २८ हजार दुई सय दुई रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ४० दसमलव ७३ अंकले घटेर १७ सय ३५ दसमलव ५७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ८४ दसमलव ५३ अंकले घटेर १२ हजार तीन सय ५८ दसमलव ५२ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि तीन सय ५९ दसमलव १८ अंकले घटेर १६ हजार तीन सय ७० दसमलव ४७ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, लघुबित्त, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।
आज विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर ३८ सय ३२ रुपैयाँँमा प्रतिकित्ता सेयर किनबेच हुंदा रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने आठ दसमलव छ प्रतिसतले घटेर दुई सय २८ रुपैयाँमा कारोवार भएको छ ।
अपरतामाकोशी हाईड्रो पावर कम्पनीको भने आज एकैदिन प्रतिकित्ता सात सय ७० रुपैयाँ अन्तिम मुल्यमा ३१ करोड ७४ लाख ५९ हजार नौ सय ३३ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया