‘एक साता कडा बन्द गर्नुपर्छ’

नेपालखोज २०७८ वैशाख १३ गते १६:१२

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणको लागि एक हप्ता कडा बन्द गर्ने तयारी गरेको बताएका छन् ।

सोमबार बिहान बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा कोरोनाको चेन ब्रेक गर्नको लागि एक हप्ता कडा बन्द गर्ने प्रस्ताव आएको जानकारी दिए ।

निर्णयलाई परिपक्व बनाउनका लागि माथिल्लो निकायसँग पनि समन्वय गर्न सकिने पराजुलीको भनाइ छ ।

उनले बेलुकासम्म सबै निर्णय सार्वजनिक गरिने बताए।

आफूहरूले अनुगमनलाई कडा बनाएको बताउँदै नागरिकलाई घर फर्कने समय दिएर बन्द गरिने पराजुलीको भनाइ छ । घर फर्कनेहरूलाई विगतमा जस्तो सास्ती नहोस् भन्नका लागि केही समय दिएर मात्र बन्द गर्ने बताए ।

उनले घर जानेलाई पर्याप्त बसको व्यवस्था गरिने जानकारी दिए ।

प्रतिक्रिया