‘उच्च मनोबलका साथ शिक्षा क्षेत्र व्यवस्थापन गर्नुपर्छ’

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन गएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए । उनले भने “अब ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।”
उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारे । उनले भने “विधि र प्रक्रिया पुर्याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।”
मन्त्री श्रेष्ठले भने, “सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।” हामी सबै मिलेर समाधानको बाटातिर जानुको विकल्प नरहेको उनले बताए ।
निराश भएर नआत्तिन अनुरोध गर्दै उनले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भनेका छन् । रासस
प्रतिक्रिया