ओली समूहलाई लिखित जवाफ पेस गर्न सर्वोच्चकाे आदेश

नेपालखोज २०७८ वैशाख १३ गते १७:२०

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मुद्दामा विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

अदालतले १५ दिनभित्र प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिखित जवाफ बुझाउन आदेश दिएको छ ।

साथै सभामुख अग्नी सापकोटा, निर्वाचन आयोग, एमालेका महासचिपव ईश्वर पोखरेल र संसद सचिवालयलाई लिखित जवाफ बुझाउन आदेश दिएको हो ।

तर, अदालतले माधव नेपाल पक्षले माग गरे बमोजिम अन्तरिम आदेश दिन भने अस्विकार गरेको छ।

प्रतिक्रिया