एम्बुलेन्स खरीद गर्न २४ लाख ४० हजार सङ्कलन
तनहुँ । व्यास नगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सामुदायिक एम्बुलेन्स खरीद गर्ने भएको छ ।
सोसाइटीले केही महिनादेखि थालेको चन्दा सङ्कलन अभियानअन्तर्गत हालसम्म रु २४ लाख ४० हजार सङ्कलन भएको छ ।
रु ३० लाख सङ्कलन गर्ने उद्देश्यसहित अभियान थालिएको उपशाखाका अध्यक्ष रामदत्त पौडेलले जानकारी दिए । उनका अनुसार सङ्कलन भएको रकममध्ये रु १७ लाखको एम्बुलेन्स खरीद गरिने र रु १३ लाख सेवा सञ्चालनका लागि राखिनेछ ।
एम्बुलेन्स खरीद अभियानमा व्यक्ति, टोल विकास संस्था, विभिन्न सङ्घसंस्था, देश तथा विदेशमा रहनुभएका नेपालीको सहयोगले एम्बुलेन्स खरीद गर्ने सपना पूरा भएको अर्थ सङ्कलन समितिका संयोजक ईश्वर पौडेलले जानकारी दिए ।
कोभिड–१९ बाट सङ्क्रिमत बिरामीले समयमा नै एम्बुलेन्स सेवा पाउन नसकेको र गाउँका दुरदराजमा छिटो र छरितो रुपमा एम्बुलेन्स सेवा पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए ।
सो वडाको दुम्सी स्थायी घर भई हाल जापानमा बस्ने रोशन सापकोटाले सङ्कलन गरी पठाएको एक लाख ३१ हजार ६६५ हस्तान्तरण गरिएको छ । व्यासनगरपालिकाले रु पाँच लाख सहयोग प्रदान गर्न लागेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।रासस
प्रतिक्रिया