शनिबार, वैशाख १३, २०८२

मद्रास उच्च अदालत भन्छ- कोरोना फैलनुमा निर्वाचन आयोगको हात छ

नेपालखोज २०७८ वैशाख १४ गते १०:५१

काठमाण्डाैं । भारतको मद्रास उच्च अदालतले कोरोना भाइरस फैलाउन जिम्मेवार भएको भन्दै निर्वाचन आयोगको चर्को आलोचना गरेको छ ।

देशमा कोरोना महामारी उच्च बिन्दुमा पुग्दा समेत पाँच वटा राज्यमा र्यालीसहितका चुनावी गतिविधि गर्न दिएको भन्दै उच्च अदालतले निर्वाचन आयोगको आलोचना गरेको हाे ।

कोरोना महामारीको बीचमा पनि ठूलाठूला र्याली हुँदा निर्वाचन आयोगका अधिकारी कुन ग्रहमा थिए भनेर मद्रास उच्च अदालतका न्यायाधीशले प्रश्न गरेको बीबीसीले जनाएको छ ।

मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले कोरोना फैलाउन निर्वाचन आयोग पूर्ण जिम्मेवार रहेको भन्दै उच्च अधिकारीलाई हत्याको आरोप लगाउनुपर्ने बताएका छन् ।

अस्पतालदेखि मसानघाटमा पनि खाली ठाउँ नरहेको भन्दै न्यायाधीशले निर्वाचन आयोगका अधिकारीले किन हत्याको आरोप खेप्नु नपर्ने भनेर सोधेका खबरमा उल्लेख छ । कोरोना महामारीकै बीचमा भारतको केरला, तमिलनाडू, आसाम, पश्चिम बङ्गाल अनि केन्द्र प्रशासित क्षेत्र पुदुचेरीमा चुनाव सम्पन्न भएको छ । 

प्रतिक्रिया