ठूला भ्रष्टाचारीलाई उन्मुक्ति, लाटोकोसेराे चोर समात्दै प्रहरी

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका– ९ काभ्रेभञ्ज्याङबाट प्रहरीले संरक्षित चरा लाटाेकाेसेराेसहित एकजनालाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका– २ भिरकोटका ३४ वर्षीय केशर श्रेष्ठलाई लाटाेकाेसेरोसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार सोमबार भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेका श्रेष्ठले शंंकास्पद गतिविधि गरेपछि खानतलासी गर्दा संरक्षित लाटाेकोसेरो फेला परेको हो ।
काभ्रेभञ्ज्याङस्थित बिपी राजमार्गमा शंकास्पद व्यक्तिहरू र सवारीसाधनहरूको जाँच गर्ने क्रममा भकुण्डेतर्फबाट धुलिखेलतर्फ हिँडेर आउँदै गरेका श्रेष्ठलाई लाटाेकोसेरो सहित पक्राउ गरेको खतिवडाले जानकारी दिए । श्रेष्ठले संरक्षित चरा लुकाइछिपाइ ल्याएको अवस्थामा पक्राउ गरेको उनको भनाइ छ ।
श्रेष्ठलाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया