घर फर्किनेको भिड ! (फोटो फिचर )
नेपालखोज
२०७८ वैशाख १४ गते १२:२९

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भिड लागेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको हो । विशेष गरेर काटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ । त्यसबाहेक बालाजु तर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाडने मानिसहरुको भीड लागेको छ । सरकारले काठमाडौं उपत्यकामा दुई हप्ता निषेधाज्ञा जारी गरेको छ ।







सम्बन्धित

प्रतिक्रिया