सीता हाइड्रोको गाडी अपहरणमा, अपहरणकारीकाे खोजी जारी
नेपालखोज
२०७८ वैशाख १४ गते १२:५२

काठमाडौं। न्यासिम खोला जलविद्युत आयोजनाको डेभपलपर सीता हाइड्रोको गाडी अपहरणमा परेको खबर बाहिरिएकाे छ ।
शुक्रबार राती आयोजनास्थल नजिकबाट तीन वटा मोटरसाइकलमा आएको अज्ञात समूहले गाडी अपहरण गरेकाे बताइएकाे छ ।
बा ६ च १३३४ नम्बरको टोयोटाको हाइलक्स गाडी अपहरणमा परेकाे पनि प्रहरीले जनाएकाे छ ।
हाइड्रोलाई हालसम्म कुनै डिमान्ड आएको नआएकाे पनि आयोजनाका प्रमुख अध्यक्ष सीताराम तिमिल्सिनाले बताएका छन् ।
आयोजना अघि बढाउन स्थानीयले सहयोग गरेकाे पनि उनले उल्लेख गरेका छन् ।
अज्ञात समूहले गाडी अपहरण गरेकाे पनि उनले प्रहरीसँग गुनासाे गरे ।
प्रहरीले गाडी र अपहरणकारीलाई खोजिरहेको छ।
सम्बन्धित
प्रतिक्रिया