निषेधाज्ञामा पनि सेयरकाे कारोबार हुने
नेपालखोज
२०७८ वैशाख १४ गते १३:११

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा पनि सेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ ।
अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिने भएकाले कारोबार बन्द नहुने भएकाे हाे ।
सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया