बुधबार, जेठ १, २०८२

दुई दिन लगातार घटेको नेप्से मंगलबार ९२ अंकले बढ्याे

नेपालखोज २०७८ वैशाख १४ गते १६:०२

काठमाडौं । दुई दिन लगातार घटेको नेप्से आज भने बढेको छ । मंगलबार एकैदिन ९२ अंकले नेप्से बढेको हो । आइतबार नेप्से ७५ अंकले ओर्लिएको थियो भने सोमबार ६५ अंकले घटेको थियो ।

आज नेप्से ९२.४६ अंकले बढेर २ हजार ५ सय ९९.०८ अंकमा पुग्यो । आज कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से उच्च अंकले बढेको हो ।

जीवन बीमा र निर्जीवन बिमा समूहमा ५०० अंक बढीको वृद्धि भयो भने जीवन बिमा समूह सबैभन्दा उच्च ५५८ अंकले बढ्दा निर्जीवन बिमा समूह पनि ५४३ अंकले बढ्यो ।

त्यस्तै, उत्पादनमूलक समूह २३९ अंकले बढेका दिन लघुवित्त समूहमा पनि २३७ अंकले बढ्यो । जलविद्युत् समूह १५० अंकले बढ्यो भने अन्य समूह ६९ अंकले उक्लिदा वाणिज्य बैंक समूह पनि ४५ अंकले बढ्यो ।

यसदिन २१६ कम्पनीको १ करोड २ लाख कित्ता सेयर ५ अर्ब १० करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया